काठमाडौं । माउण्टेन इनर्जी नेपालले ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा कम्पनीले खुद नाफा ७८८.७३% ले बढाएर ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस अवधिसम्म आउँदा कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी पनि बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छभने प्रतिसेयर नेटवर्थ पनि १३७ रुपैयाँ ०४ पैसाबाट बढेर १४२ रुपैयाँ २५ पैसा पुगेको छ ।