×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल हाइड्रोपावरको साधारणसभा फागुन ३० गते, १८.५२५% बोनस सेयरपछि ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गरिने

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा फागुन ३० गते हुने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १८.५२५% बोनस सेयर र कर तिर्न ०.९७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
साथै उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ  यस्तै सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर पनि गर्ने भएको छ । सुनकोशीलाई १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको हो । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने छन् ।
सभामार्फत एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोन गर्ने प्रस्ताव छ । यस्तै, सभामार्फत ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुने भएको छ । नेशनलले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फगुन १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित बोनस सेयर पाउन सक्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: