काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिनु भएको हो । उहाँले फूल, प्रसादीलगायतको व्यवस्थापनकालागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पार्नु भयो ।
प्रवक्ता अधिकारीले भन्नु भयो, ‘यसलाई हटाउने भन्ने विषयहरु मिडियामा आईराखेको छ । यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दापनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्ने मलाई पहिलो कुरा लाग्दछ । पशुपति क्षेत्रको आफनै ऐन, कानुन छ । त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तरगत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरुको लागि केही पसलहरुको व्यवस्थापन गरेका छौं । त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होईन । छैन र हुनु पनि हुँदैन । केही अरुनि पसलहरु राखिएको थियो । व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरुलाई हटाउन लागिएको हो ।’
कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताउनु भयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्