×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध , ग्राहकहरुले यस्तो सुविधा पाउने (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध , ग्राहकहरुले यस्तो सुविधा पाउने (भिडियो)

काठमाडौँ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका विच सहकार्य पत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ । बुधबार फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौैंतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्यूआरमार्फत् सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा अन्य भुक्तानी सेवा प्रदायकहरु पनि फोनपेको नेटर्वकमा जोडिदै जाने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताउनुभयो । डिजिटलाइज र क्यासलेस बनाउने आफुहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।
फोनपेमा हाल ५ लाख ७० हजार भन्दाबढी मर्चेन्ट रहेको बताइएको छ । बैंक तथा वित्तिय संस्था एवम् भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत् कारोबार गर्दै आएको फोनपेले जनाएको छ । त्यसैगरी प्रभुपेका ७ लाख भन्दाधेरै ग्राहक रहेको बताइएको छ । प्रभुपेमार्फत् मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायत थुप्रै सेवाहरुको डिजिटल भुक्तानी गर्ने गरिएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: