×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय, करमा पुनर्विचार गर्नुपर्ने धारणा (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय, करमा पुनर्विचार गर्नुपर्ने धारणा (भिडियो)

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यका बिषयमा अध्ययन गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिको कारण लगाएतका बिषयमा अध्ययन गर्न उपसमिति बनाउने निर्णय गरेको हो । उपसमितिको संयोजकमा दुर्गा पौडेल तथा सदस्यहरुमा खेम लोहनी र लक्ष्मी परियार रहेको समिति सभापति निरा देवी जैरुले जानकारी दिनुभयो । उहाले सरकारको कामलाई पनि सहजता प्रदान गर्ने गरि उपसमितिले अध्ययन गर्ने बताउनुभयो । बैठकमा नेपाल आयल निगमका निर्देशक सुशील भट्टराईले १५–१५ दिनमा मूल्य समायोजन गर्दा पनि घाटापूर्ति हुने अवस्था नरहेको बताउनुभयो । निगम घाटामा गइरहेकाले तेल किन्ने समस्या सदैव देखिएको उहाको भनाई छ ।
बैठकमा सांसदहरुले पेट्रोलियम पदार्थमा राज्यले लगाएको करका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए । सांसद भीम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गर्ने यसअघिको योजनालाई सरकारले पुन सुरु गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले सिधै कच्चा तेल ल्याउने बिषयमा पनि अव बिचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।
सांसद दीनानाथ शर्माले पेट्रोलियम पदार्थको मागलाई घटाउनका लागि बिद्युतीय समाग्रीको प्रयोगलाई बढावा दिने नीति ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै सांसदहरुले चूहावट लगाएत अन्य कमीकमजोरीलाई निगमले सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी