काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा ३.७६% ले घटेको छ । यो अवधिमा आउँदा कम्पनी खुद नाफा घटेर ७ करोड ७ लाख ८९ हजार रुपैयाँमा सीमित भएको हो ।
यता यसअवधिमा कम्पनीको बिमा कोषको आकार पनि ०.२४% ले घटेर ५७ करोड २३ लाख २५ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा खुद बिमा शुल्क आर्जन पनि १९.८९% ले घटेर २६ करोड ६ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा छ ।