×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता (भिडियो रिपोर्ट)

काठमाडौँ । महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सम्झौंता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले नेपाल र भारतबीचको आवागमन सहज हुने बताउनु भयो । त्यस अवसरमा उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउने विश्वास समेत व्यक्त गर्नु भयो । मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरुसँग आग्रह गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, ‘नेपालको समग्र विकास र खासगरी पूर्वाधार विकासको कुरा गर्दा भारत सरकार सधैँ नेपालको प्रमुख साभलेदारको रुपमा रही आएको छ । मैले सम्हालीरहेको भौतिक ,पूर्वाधार तथा यातायातको कुरा गर्ने हो भने विगत लामो समय अघिदेखि नै चाहे पूर्व पश्चिम राजमार्ग विकासको कुरा होस्,राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने त्रिभूवन राजमार्गको कुरा होस्, पोखरालाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्ग, वा अन्य आयोजनाहरु भारत सरकारको सहयोगमा सम्पन्न भएको कुरा उल्लेख गर्न चाहन्छु । हालका दिनमा पनि सडक सुधार तथा विकासका कार्यक्रम भारत सरकारको सहयोगमा सञ्चालित छन् । आज हस्ताक्षर भएको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला र भारतको धार्चुला उत्तराखण्ड जोड्ने महाकाली नदीमा बन्ने पुलले त्यस भेगका जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको सहज आवागमनको आवश्यक्ता पूरा गर्नेछ र त्यहाँका जनताको जनजीवन र नेपाल सरकार र भारत सरकारको सम्बन्धलाई अझै उचाईमा पु¥याउने छ भन्ने विश्वास लिएकी छु । यो समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । अब निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहायक आवागमनको चाहनालाई जतिसक्दो छिटो पूरा गर्नेतर्फ लाग्न दुवै देशका सम्बन्धित अधिकारीहरुलाई म अनुरोध गर्न चाहन्छु ।’
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक रहेको बताउनु भयो । उहाँले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेको उल्लेख गर्दै उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । राजदूत क्वात्राल भन्नुभयो, ‘नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुशीजनक छ । भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै कामहरु भइरहेका छन् । उक्त क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनको सहजता मात्रै हुँदैन यसले नेपाल र भारतको संस्कृति, संस्कारलाई पनि जोड्नेछ ।’
राजदूत क्वात्राले नेपाल र भारत सरकारको तर्फबाट महाकाली नदीमा बनाइने पुलको काम दुवै देशको सहकार्यमा समयमा नै सम्पन्न हुने विश्वास लिएको पनि बताउनु भयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: