×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमान्डर : राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने फागुन ८ गते आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA
GLOBAL IME BANK

लाष्ट रिमान्डर : राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने फागुन ८ गते आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

८ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन दिने फागुन ८ गते आइतबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसले फागुन ४ गतेबाट आइपीओ बिक्री खुला गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: