×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ५ लाख रुपैयाँ, प्रिमियममा ६० लाख कित्ता आइपीओ निष्कासन गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा १८ करोड ५ लाख रुपैयाँ, प्रिमियममा ६० लाख कित्ता आइपीओ निष्कासन गर्दै

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १.४६% ले खुद नाफा बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १.४६% ले बढेर १८ करोड ५ लाख रुपैयाँ कमाएको जनाएको हो । गत वर्ष यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद बिमा शुल्क पनि १ अर्ब ३१ करोड रुपैयाँबाट बढाएर १ अर्ब ९२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । यसअवधिमा कम्पनीले जीवन बिमा कोषको आकार पनि ८९.२८% ले बढाएर ३ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।
पुस मसान्तसम्ममा कम्पनीले ५८ अर्ब ४८ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम नरहेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । जगेडा कोषमा भने अर्ब ६० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ ।
रिलायबलले ६० लाख कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ । कम्पनीले आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी”अर्थात ट्रिपल बी रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी