काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा ३१.३२% ले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३१.३२% ले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको जानकारी दिएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै पुस मसान्तसम्ममा जीवन बिमा कोषको आकार ८७.२७% ले बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन २२.२८% ले बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । साथै यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७३ पैसाले बढेर ७ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ २ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्