×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुन ८ गतेदेखि समृद्धि फाइनान्स कम्पनीको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद बिक्रीमा आउने, प्रतिकित्ता भाउ कति ?

GLOBAL IME BANK
SHREE KESH

फागुन ८ गतेदेखि समृद्धि फाइनान्स कम्पनीको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद बिक्रीमा आउने, प्रतिकित्ता भाउ कति ?

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ ।
बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँ दरले यो हकप्रद सेयर भर्न सक्नेछन् । यस हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ ।
यस्तै कम्पनीको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिन्छ । सी–आस्वा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि हकप्रद सेयर भर्न सकिन्छ । यसमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: