काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेवाररिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले बिहीवार एक कार्यक्रमका बीच बेवारिसे अवस्थामा फेला परेका २८ वटा सवारीसाधन सम्बन्धित सवारी धनीलाई बुझाएको हो । २८ सवारीसाधनमा १७ वटा मोटरसाइकल तथा ११ वटा स्कुटर रहेका छन् । सम्बन्धित सवारीधनीलाई सवारी हस्तान्तरण गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उमेशराज जोशीले सवारी चालकहरुले पार्किङ गर्दा ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भयो । उहाँले जथाभावि पार्किङ नगर्ने, पार्किङ गर्दा उज्यालो स्थानमा राख्ने गरेमा सवारीसाधन हराउनबाट जोगाउन सकिने बताउनु भयो ।
महाशाखा प्रमुख जोशीले भन्नुभयो, ‘हाम्रो एउटा डेडिकेटेट युनिट छ चोरी सम्बन्धी हेर्ने । आज चोरीका केही सवारीसाधनहरु फेला परेपछि सम्बन्धित सवारी धनीलाई बोलाएर दिएका छाँै । यसमा धेरै मेहेनत छ । यहाँहरुले पनि आफ्नो सवारीसाधनको सुरक्षा गर्नुपर्छ । त्यसको लागि उज्यालो ठाउँमा राख्ने, जथाभावि पार्किङ नगर्ने गर्नुपर्छ । कतिपय सवारीसाधन बेवारिसे रुपमा प्राप्त गरेका छौँ र कतिपय चोरीपछि पक्राउ गरिएका छन् । चोरीमा संलग्नहरुलाई कानूनको दायरामा ल्याएर कानूनअनुसार कारबाही हुन्छ । तपाईले कतिपय स्थानमा बेवारिसे अवस्थामा रहेका सवारी सधान देख्नुभएमा १०३ मा खबर गरिदिनु होला ।’
महाशाखा प्रमुख जोशीले कतिपय सवारीसाधन चोरी गरेको पाइएकोले चोरी गर्नेहरुलाई कानूनि दायरामा लगेपछि मात्रै सम्बन्धितलाई सवारीसाधन हस्तान्तरण गरिने बताउनु भयो । उहाँले लामो समयसम्म बेवारिसे रुपमा रहेका सवारी साधन देखेमा १०३ मा फोन गरेर सूचना दिन आग्रह गर्नुभयो । महाशाखाले चालु आर्थिक वर्षमा ८६१ वटा चोरीका सवारीसाधनहरु हालसम्म सम्बन्धित धनीलाई बुझाइएको र चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरी कानूनि कारबाहीको दायरामा ल्याएको उल्लेख गरेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्