×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ८६ लाख ९९ हजार, रिजर्भ कोष र खुद ब्याज आम्दानीको अवस्था कस्तो ?

PRIME CA
GLOBAL IME BANK

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ८६ लाख ९९ हजार, रिजर्भ कोष र खुद ब्याज आम्दानीको अवस्था कस्तो ?

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाले ८६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा ६४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको यस संस्थाको नाफा यो अवधिसम्म आउँदा ३५.४१% ले बढेको हो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४९.६२% ले बढेर २ करोड १३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले सञ्चालन नाफा पनि ७२ लाख ७५ हजार रुपैयाँबाट बढाएर १ करोड ४ लाख रुपैयाँ पुर्याएको छ ।
यस संस्थाको चुक्ता पूँजी ३ करोड ४६ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ करोड ५१ लाख करोड रुपैयाँ रहेको छ । कम्पनीले खराब कर्जा पनि २.५६% बाट घटाएर १.५०% मा झारेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: