×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘याक एण्ड यतीमा २०७१ पछि क्यासिनोनै छैन, सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेकोले यसलाई फिर्ता लिनुपर्छ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘याक एण्ड यतीमा २०७१ पछि क्यासिनोनै छैन, सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेकोले यसलाई फिर्ता लिनुपर्छ’ (भिडियो)

Artha Sarokar

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो । उक्त निर्णय फिर्ता नभए कानुनी उपचारमा जाने  होटल याक एण्ड यतीले जनाएको छ ।
आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिनुभयो । क्यासिनो संचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एण्ड यतीले क्यासिनो नै संचालन नगरेको उहाले बताउनुभयो ।
कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा संचालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दावी गर्नुभयो । २०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एण्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नरहेको कर्णले दाबी गर्नुभयो ।
क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएको थियो । होटल र क्यासिनो फरकफरक मुद्दा भएको र तर निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराइएको याक यण्ड यतीको दावी छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी