काठमाडौं । फलामे छडको मूल्य अत्याधिक बृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागले तीन महिनाको स्टक उपलव्ध गराउन बिक्रेताहरुलाई निर्देशन दिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्रि गर्ने ठूला पसलहरुको संयुक्त रुपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको हो ।
एक महिनामा नै छडको भाउमा अत्याधिक बृद्धि भएपछि बजार अनुगमन गरिएको बिभागका निरिक्षण अधिकृत बिजय भट्टराईले जानकारी दिनुभयो । त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उहाले बताउनुभयो । उहाँले विभागले छिटै तेल लगायत अन्य खाद्य बस्तुको मूल्यबृद्धिका बिषयमा बजार अनुगमन गरिने बताउनुभयो । हेर्नुहोस् भिडियोः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्