×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुमा निक्षेप बढ्दै : फागुनमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढ्यो, कुन बैंकले बटुल्यो धेरै निक्षेप ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकहरुमा निक्षेप बढ्दै : फागुनमा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढ्यो, कुन बैंकले बटुल्यो धेरै निक्षेप ?

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको हो । यस्तै ऋण भने १७ अर्ब रुपैयाँ प्रभाह भएको तथ्यांकले देखाएको छ ।

बैंकर्स संघको तथ्यांकअनुसार फागुन महिनाको २७ देखि ३० गतेको बीचमा मात्रै निक्षेप ७ अर्बले बढेको छ भने ऋण ३ अर्ब रुपैयाँले बढेको छ । बैंकहरुले हाल ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् ।

फागुन महिनामा माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक र एनआइसी एसिया बैंकको निक्षेप बढेको छ । यस्तै यस अवधिमा  १० बैंकको निक्षेप घटेको छ ।  जसमा प्राइम बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक र सिभिल बैंकलगाय रहेका छन् ।

यता राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, नेपाल बैंकले सबैभन्दा बढी ऋण प्रवाह गरेका छन् । यस्तै यस अवधिमा १० वटा बैंकको ऋण प्रवाह घटेको छ । जसमा माछापुच्छ्रे बैंक, सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंलगायत रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी