Skip to content
LAXMI SUNRISE BANK

पैसा तयार गर्नुहोस् है ! छायाँदेवी कम्प्लेक्सले आइपीओ बिक्रीमा ल्याउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

अर्थ सरोकार

काठमाडौं । छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले कुल चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । पाँचतारे होटल अलोफ्टदेखि विभिन्न व्यवसायहरु संचालनमा रहेको व्यापारिक कम्प्लेक्स छायादेवी संचालक यस कम्पनीले सेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यसका लागि छायादेवी कम्प्लेक्स लिमिटेड र प्रभु क्यापिटलबीच आइतबार सम्झौता भएको छ। सम्झौतामा छायादेवीका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन्। छायादेवीले हाल काठमाडौंका प्रमुख व्यापारिक स्थान तथा पर्यटकीय केन्द्र ठमेलमा पाँचतारे होटेल र मेगा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ।

उक्त कम्प्लेक्सको क्षेत्रफल ३ लाख ५० हजार वर्गफिटभन्दा बढी छ, जुन नेपालमै ठूलो व्यापारिक कम्प्लेक्समध्ये हो। कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको जनाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK