×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत १ गतेबाट छ्याङदी हाइड्रोपावरले ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्याउँदै, यी स्थानबाट आवेदन दिन पाइने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चैत १ गतेबाट छ्याङदी हाइड्रोपावरले ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्याउँदै, यी स्थानबाट आवेदन दिन पाइने !

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङदी हाइड्रोपावरले ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले चैत १ गतेदेखि ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्याउने भएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
लिलामी भर्ने अन्तिम म्याद चैत ९ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै लगानीकर्ताले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवलबाट आवेदन दिन सक्नेछन्।
यस्तै ग्लोबल आइएमई बैंककै बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखबाट पनि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी