×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छ्याङदी हाइड्रोपावर कम्पनीले मंगलबारदेखि ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्यायो, कहाँ-कहाँबाट आवेदन दिन ?

PRIME CA

छ्याङदी हाइड्रोपावर कम्पनीले मंगलबारदेखि ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्यायो, कहाँ-कहाँबाट आवेदन दिन ?

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । छ्याङदी हाइड्रोपावरले आज मंगलबारदेखि ५९ हजार ८२७ कित्ता सेयर लिलामीमा ल्याएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
लिलामी भर्ने अन्तिम म्याद चैत ९ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै लगानीकर्ताले ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवलबाट आवेदन दिन सक्नेछन्।
यस्तै ग्लोबल आइएमई बैंककै बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखबाट पनि आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: