काठमाडौँ । नेपाल दुरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, बिटक्वाइन तथा अनलाइन जुवालगायत एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार नेपालका सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र पठाउदै प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, बिटक्वाइन तथा अनलाइन जुवालगायत एप्स नेपाल भित्र बन्द गराउन निर्देशन दिएको हो ।
प्राधिकरणको विज्ञप्तीमा ‘अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी,विटक्वाइन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चूअल माध्यमहरु नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राखिदिने व्यवस्थाका लागि अर्थ मन्त्रालयले निर्णय अनुसार त्यस्ता कन्टेन्ट सञ्चालन गर्न नपाउने गरी निषेध तथा बन्द गर्ने व्यवस्था गर्न निर्देशानुसार अनुरोध छ’ उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्