×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकद्धारा मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक, चित्रकलालाई सबै नेपाली माझ पुर्याइने (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकद्धारा मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक, चित्रकलालाई सबै नेपाली माझ पुर्याइने (भिडियो)

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमकाबीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो । भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भितेपात्रो बनाइएको पनि स्पष्ट पार्नु भयो । पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताउनु भयो ।

उहाँले विदेशी मुद्रा नेपालमा भित्र्याउनको लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताउनु भयो । अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबी समेत गर्नु भयो । हेर्नुहोस् भिडियोः  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी