काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला एक लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक हजार १ सयले बढेर प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ३ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।