काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोहि मुल्यमा नै कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार ३ सय ५ रुपैयाँ कायम गरेको छ ।