काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख २ हजार ६ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८८ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।