काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९९ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।