काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार १ लाख ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ५ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।