×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित हिमालयन जनरल इन्स्योरेन्सले बोलायो फागुन ३० गते साधारणसभा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित हिमालयन जनरल इन्स्योरेन्सले बोलायो फागुन ३० गते साधारणसभा

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले फागुन ३० गते सोमबार साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने भएको छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फागुन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: