×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता अभावकैबीच बैंकिङ प्रणालीलाई नै चूनौती ! पाँच वाणिज्य बैंकद्धारा निक्षेपभन्दा बढी कर्जा प्रवाह

PRIME CA
GLOBAL IME BANK

तरलता अभावकैबीच बैंकिङ प्रणालीलाई नै चूनौती ! पाँच वाणिज्य बैंकद्धारा निक्षेपभन्दा बढी कर्जा प्रवाह

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तरलता अभावकैबीच वाणिज्य बैंकहरुले बैंकिङ प्रणालीलाई नै चूनौती दिएका छन् । कृषि विकास बैंकसहित ५ वटा वाणिज्य बैंकले निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरी बैंकिङ प्रणालीलाई नै चूनौती दिएका हुन् । जसमा कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, मेगा बैंक र प्राइम बैंक रहेका छन् । यी बैंकहरुले फागुन मसान्तसम्म आइपुग्दा निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरेका हुन् ।

वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढाए पनि त्रसित बन्नुपर्ने अवस्था नरहेको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले बताएका छन् । यस्तै उनले हरेक बैंकले कुन महिना के गर्ने हो त्यसको योजना पठाउने र सोही अनुसार काम गर्नुपर्ने र गरेको पनि बताएका छन् ।

कहिलेकाही कुनै महिनामा योजनाभन्दा सामान्य तलमाथि हुनसक्ने र धेरै तलमाथि भएको खण्डमा बैंकहरुले व्यवस्थापन गर्ने पनि बताएका छन् । हाल वाणिज्य बैंकले नयाँ ऋणीलाई साना कर्जा प्रवाह गरेपनि ठूला कर्जा दिनसक्ने अवस्था न्यून रहेको पनि बताए ।

हेर्नुहोस् कुन बैंकको कर्जा प्रवाह र निक्षेप संकलनको अवस्ता कस्तो छ ?

बैंकको नाम                    कर्जा प्रवाह                               निक्षेप संकलन
कृषि विकास बैंक               १ खर्ब ७६ अर्ब १० करोड            १ खर्ब ५९ अर्ब ३८ करोड
बैंक अफ काठमाण्डू         १ खर्ब ९ अर्ब ७८ करोड                १ खर्ब ४ अर्ब ४४ करोड
सिभिल बैंक                      ९० अर्ब २० करोड                        ८९ अर्ब ८२ करोड
मेगा बैंक                           १ खर्ब ५० अर्ब ५४ करोड             १ खर्ब ४६ अर्ब ४१ करोड
प्राइम बैंक                         १ खर्ब ६३ अर्ब ९० करोड              १ खर्ब ५७ अर्ब ५८ करोड

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: