काठमाडौं । सहुलियतपूर्ण कर्जामा उपभोक्ताको आकर्षण बढेको छ । धितो वा विना धितो सहुलियत ब्याजदरमा कर्जा पाइने भएका कारण यस कर्जामा उपभोक्ताको आकर्षण बढेको हो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब ५० अर्ब १४ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । यस्तै वाणिज्य बैंकहरुले मात्र २ खर्ब १७ अर्ब ७२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरु सहुलियतपूर्ण कर्जा अन्तर्गत विभिन्न १० शीर्षकमा लगानी गर्दै आएका छन् गर्छन् ।
राष्ट्र बैंकको अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकमा १५८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने महिला उद्यमशिलता कर्जा अन्तर्गत ८५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ करोड ९० लाख रुपैयाँ र विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ७८ करोड ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले दलित समुदाय व्यावसाय विकास कर्जा अन्तर्गत ७६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा अन्तर्गत ४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता भूकम्प पीडितहरुको निजी आवास निमार्ण कर्जा अन्तर्गत ६ करोड ३८ लाख रुपैयाँ र कपडा उद्योग सञ्चालनको लागि ३ अर्ब ६२ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तै प्राविधिक तथा व्यावसायिक तालिम परिषदद्वारा मान्यता प्राप्त संस्थाबाट लिइने तालिम अन्तर्गत ४ लाख रुपैयाँ कर्जा दिइएको छ भने युवा वर्ग स्वरोजगार कर्जा अन्तर्गत ९१ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्