×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको वार्षिक साधारणसभा चैत २१ गते हुने, १४.७३% लाभांशसहित यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफको वार्षिक साधारणसभा चैत २१ गते हुने, १४.७३% लाभांशसहित यस्ता छन् पारित हुने मुख्य एजेण्डाहरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चैत २१ गते सोमबार वार्षिक साधारणसभा हुने भएको हो । उक्त सभा होटल भिष्वा, वीरगंज पर्सामा हुने भएको छ । सभा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभमा कम्पनीले प्रस्ताव गरेको १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसैगरी सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा परिवर्तनको प्रस्ताव पनि रहेको छ ।कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै २०७६/७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि रहेको छ ।

सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ सोमबार बुक क्लोज गर्ने भएको छ । तसैथ चैत ६ गते आइतबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश सुरक्षित र सभामा भाग लिन पाउनेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: