×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो निष्कासनको अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो निष्कासनको अनुमति

Artha Sarokar

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले सो ऋणपत्रमा वार्षिक ९.२५% ब्याजदर दिनेछ । बैंकले ५ वर्ष अवधिको एसबीआई बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यपिटलले गर्नेछ । बैंक अब बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढाउने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी