×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाको दरखास्त स्वीकृत, ती को-को हुन् ? (सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जनाको दरखास्त स्वीकृत, ती को-को हुन् ? (सूचीसहित)

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ९ जनाको दरखास्त स्वीकृत भएको छ । सर्वोच्च अदालतले नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया अघि बढाएसँगै ९ जना उमेदवारको दरखास्त स्वीकृत भएको हो । दर्ता भएका दरखास्तहरुमध्ये मन्त्रालयले ९ जनाको दरखास्त स्वीकृत गरेको हो ।

उमेदवारहरुमा अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, सुरजसिंह थापा र संगीता पहाडी अर्याल रहेका छन् ।

नयाँ प्रबन्ध निर्देशक नियुक्ति नर्गन अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । रिट दायर भएको झन्डै तीन महिनापछि बुधबार सर्वोच्चले उक्त रिट खारेज गरेसँगै नयाँ प्रबन्ध निर्देशक नियुक्तिको बाटो खुलेको हो ।

छनोट भएका उमेदवारहरको व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान केहि सयय पछि तोकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: