काठमाडौं । समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज फागुन २९ गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्ने भएका छन् । कम्पनीले फागुन ८ गतेबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउने छन् । उक्त हकप्रद सेयरमा लगानीकर्ताहरुले प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा-१ मकवानपुरबाट आवेदन दिन सकिनेछ । यसैगरी लगानीकर्ताले समृद्धिको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखा र सि-आस्वा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्