×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत १ गतेदेखि ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउँदै शिखर इन्स्योरेन्स, कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चैत १ गतेदेखि ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउँदै शिखर इन्स्योरेन्स, कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

१९ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि ३०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । सो सेयरमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ भने चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको साखा कार्यलय पुतलिसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट आवेदन दिन सकिने ।
यस्तै कम्पनीको सम्पूर्ण साखा कार्यलयबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न पाइनेछ ।  उक्त हकप्रद बिक्रीपछि पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी