काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ९ सयले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।