काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ८ सय ७५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।