×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यातायात व्यवसायीको चेतावनी-‘तत्काल सार्वजनिक सवारीको भाडा बढाउ, नत्र हामी एकतर्फी रुपमा बढाउँछौँ'(भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्र ७ गतेभित्र सार्वजनिक सवारीको भाडा बृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गतेभित्र भाडा समायोजन गर्न सरकारलाई अनुरोध गर्ने र सरकारले भाडा बृद्धि नगरे बाध्य भएर एकपक्षिय रुपमा भाडा बृद्धि गर्ने चेतावनी दिएको हो । महासंघले सार्वजनिक बसमा ९ प्रतिशत, ट्रकमा ११ देखि १३ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ८ दशमलव ५ प्रतिशत भाडा बृद्धि गर्नुपर्ने माग राखेको छ । त्यस्तै बागमति प्रदेशमा ट्याक्सिको फ्लग डाउन रु ८० र पल्स २ सय मिटरको रु १० लाई आधार मानी भाडा समायोजन गर्नुपर्ने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पेट्रोलियम पदार्थ र सवारी साधानको लागतको मूल्य बढ्दा पनि भाडा समायोजना हुन नसकेको भन्दै भाडा समायोजनका लागि राज्यसंग आग्रह गरिएको जानकारी दिनुभयो । बैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई मात्र आधार मानी इन्धनमा भएको मूल्यबृद्धिको अनुपानमा भाडा समायोजन हुनुपर्ने उहाको भनाई छ । चैत्र ७ गतेभित्र माग पुरा नभए बाध्य भएर भाडा समायोजन गर्न बाध्य हुने उहाँको भनाई छ । महासंघले सरकारबाट २०७८ असार २७ गते समायोजन भएको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकाले बैज्ञानिक भाडा समायोजन गर्न पनि माग गरेको छ । हेर्नुहास् भिडियो:

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: