Skip to content
LAXMI SUNRISE BANK

फागुन महिनासम्म वाणिज्य बैंकको खुद नाफा १२.४२% ले बढ्यो, सिभिल बैंक अब्बल देखिँदा अन्यको अवस्था कस्तो ?

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाण्ज्यि बैंकहरुको नाफा १२.४२ प्रतिशतले बढेको छ । चालु आवको फागुन सम्ममा २७ वाणिज्य बैंकहरुले ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको फागुनसम्ममा बैंकहरुले ४१ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । यस अवधिमा सबैभन्दा बढी नाफा सिभिल बैंकले गरेको छ । यस बैंकले ११२.७९ प्रतिशतले खुद नाफा बढाएर फागुनसम्ममा ७३ करोड ६१ लख रुपैयाँ पुर्याएको छ ।

यस्तै नेपाल एसबिआई बैंकले ५०.१६ प्रतिशतले खुद नाफा बढाएर १ अर्ब १४ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । यस्तै एनसीसी बैंकले एनसीसी बैंकले ४६.९ प्रतिशतले नाफा बढाएर १ अर्ब ३९ करोड ४२ लाख पुर्याएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकले ४४.७७ प्रतिशतले नाफा बढाएर १ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । हिमालयन बैंकको ४३.६९ प्रतिशतले खुद नाफा बढेर १ अर्ब २९ करोड २९ लाख रुपैयाँ पुगेको छ र राष्ट्रिय वाणिज्य बैंकको ४३.५० प्रतिशतले खुद नाफा बढेर २ अर्ब ६५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यता सेन्चरी बैंकको ३९.२५ प्रतिशतले खुद नाफा बढको छ भने माछापुच्छ्रे बैंकको ३०.४२ प्रतिशतले खुद नाफा बढको छ ।

यसैगरी सिटिजन्स बैंकको २९.३२ प्रतिशत, सिद्धार्थ बैंकको २७.७१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक २७.६४ प्रतिशत, बैंक अफ काठमाण्डू १८.९० प्रतिशत, एनआईसी एशिया बैंकको १८.४६ प्रतिशत, लक्ष्मी बैंकको १२.४२ प्रतिशत, ग्लोबल आईएमई बैंकको १२.०७ प्रतिशत, कुमारी बैंकको ८.११ प्रतिशत, प्राइम बैंकको ६.७६ प्रतिशत, कृषि, विकास बैंकको ६.६२ प्रतिशत, नेपाल बैंकको ४.५४ प्रतिशत र एनएमबि बैंकको १.०४ प्रतिशतले नाफा बढेको छ ।

यता ७ वाणिज्य बैंकको खुद नाफा भने यस अवधिमा घटेको छ । जसमध्ये सबैभन्दा धेरै प्रभु बैकको घटेको छ । यस बैंकको १६.३३ प्रतिशतले खुद नाफा घटेको हो । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ११.१८ प्रतिशत, एभरेष्ट बैंकको ६.४२ प्रतिशत, मेगा बैंकको ४.७६ प्रतिशत, सानिमा बैंकको ३.९९ प्रतिशत, नबिल बैंकको ३.७८ प्रतिशत र सनराइज बैंकको २.०३ प्रतिशतले खुद नाफा घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK