काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघका अनुसार चैत महिनाको ब्याजदरलाई नै वैशाखमा पनि निरन्तरता दिइने भएको हो । वैशाख महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।
यस्तै संस्थागत मुद्दति निक्षेपमा भने १०.०३ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकहरुले रेमिट्यान्ट मुद्दति निक्षेपमा भने १२.०३ प्रतिशत ब्याजदर दिनेछ ।
राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले वैशाखका लागि बुधबार ब्याजदर सार्वजनिक गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्