×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेस्ट फाइनान्स कम्पनीको खुद नाफामा ११४.४९ प्रतिशतको चमत्कारी छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बेस्ट फाइनान्स कम्पनीको खुद नाफामा ११४.४९ प्रतिशतको चमत्कारी छलाङ, अन्य सूचकहरुमा पनि आकर्षक वृद्धि !

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेस्ट फाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा १५ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जज गरेको छ ।

जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका ११४.४९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ७ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन नाफा पनि १८९.०७ प्रतिशतले बढेर १८ करोड ७३ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै कम्पनीको खराब कर्जा १२.४९ प्रतिशतले घटेर २.२४ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसाले बढेर २४ रुपैयाँ ५६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: