×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकलाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकलाई

१२ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगरद्वारा २०७९ वैशाख ९ र १० गते विराटनगरस्थित द स्पोर्टस् हबमा आयोजित प्रदेश स्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि नविल बैंकले जितेको छ । बैशाख १० गते शनिवार सम्पन्न फाइनल खेलमा एनईसी एशिया बैंकलाई १–० ले पाखा लगाउदै नविल बैंकले उपाधि हात पारेको हो । खेलको दोस्रो हाफमा नविल बैंकका रोशन तामाङले गरेको गोल नै निर्णायक हुनपुग्यो ।

उक्त प्रतियोगितामा प्रदेश नं. १ स्थित बैंक तथा वित्तीय संस्थाका कुल ३३ टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई बैशाख १४ गते नेपाल राष्ट्र बैंक विराटनगर परिसरमा हुने बैंकको ६७औँ वार्षिकोत्सव समारोहमा ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: