×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय विवरण सार्वजनिक, ३.१९ % ले खुद नाफा घट्दा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्लोबल आइएमई लघुवित्तद्धारा वित्तीय विवरण सार्वजनिक, ३.१९ % ले खुद नाफा घट्दा अन्य सूचकको अवस्था कस्तो ?

५ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यस त्रैमासमा खुद नाफा ३.१९ प्रतिशतले घटेर २० करोड ४८ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भने कम्पनीले २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

यता कम्पनीको खुद ब्याज आम्दानी ३२.५८ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २६.०५ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ र जगेडा कोषमा ४२ करोड ६ लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १३ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: