काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको घटेको छ । शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८५ हजार १ सय ३५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।