काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ४ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।