काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार २ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसामा कायम गरेको छ ।