काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहिबार १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार ५ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ६६ रुपैयाँमा कायम गरेको छ ।