×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ हुँदै

Artha Sarokar

१५ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा सुनुवाइ हुने भएको छ । गभर्नर अधिकारीको मुद्दा आज बिहीबार न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ हुने भएको हो ।

गत मंगलबारदेखि न्यायाधीशद्वयको इजलासमा गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो । मंगलबार गभर्नर अधिकारीका तर्फबाट बहस भएको थियो भने आज सरकारतर्फबाट बहस भैरहेको छ । मंगलबार समय अभावले यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो ।

गभर्नर अधिकारीलाई महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले निलम्बन गरेको थियो । त्यसपछि अधिकारीले आफूलाई हटाउन कानुनविपरीत आएको भन्दै पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अधिकारीको रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयको टुङ्गो लाग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी