काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवामा बन्द, हडताल र निषेध नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलसम्म जाने बाटो समयमा मर्मत नगरेको भन्दै स्थानीयले अवरोध गर्दा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक सेवा अवरोध गर्नु कानुन विपरीत रहेको जनाएको हो ।
सिसडोल जाने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ फोहर व्यवस्थापन हुन सकेको थिएन । यसरी पटकपटक अत्यावश्यक सेवा बन्द गरिँदा समस्या उत्पन्न भएको भन्दै आगामी दिनमा फोहरमैलाको व्यवस्थित विसर्जन कार्यमा सहयोग गर्न पनि स्थानीयलाई सूचनामार्फत आग्रह गरिएको छ ।
आगामी दिनमा पनि यस्ता गतिविधि गरेको पाइए कानुनी कारबाही गरिने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा भनिएको छ । दश दिनपछि आजदेखि उपत्यकाको १८ स्थानीयको फोहर व्यवस्थापनको कार्य पुनः सुरु भएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै नेपाल सरकाले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८/२/१७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहरमैला व्यवस्थापनलाई पनि आवश्यक सेवाभित्र राखेको जानकारी सूचनामा गराइएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्