×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ७ प्रतिशत बोनस सेयर पारित

GLOBAL IME BANK
SHREE KESH

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ७ प्रतिशत बोनस सेयर पारित

१२ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २४औं वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार सम्पन्न भएको हो । सभाले कम्पनीको ७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले हालै मात्र ४० प्रतिशत हकप्रद सेयर पनि बिक्री गरेको थियो । नियमनकारी निकायको निर्देशन बमोजित तोकिएकै समयसीमामै चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पुँजी वृद्धि योजना बिमा समितिसमक्ष पेश गरिसकिएको पनि आइएमई जनरलले जानकारी गराएको छ । सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बिमा प्रिमियम ९ संकलन गर्न सफल भएको जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: