×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७३.६८% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार हुँदै

PRIME CA

७३.६८% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार हुँदै

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा भोलि शुक्रबार चैत २५ गते शुक्रबार हुने भएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको हो ।
सभाले कम्पनीले प्रताव गरेको ७३.६८प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको हो । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने एजेण्डा पनि रहेको छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विषय पनि रहेको छ । साथै अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।
कम्पनीले सभाका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: